
काठमाडौँ, २१ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बर्दियाको गुलरिया (मथुराद्वार) स्थित महाकवि देवकोटा माध्यमिक विद्यालयलाई एक लाख सहयोग गरेको छ ।
विद्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा सहयोग रकम प्रदान गरिएको हो । विद्यालयमा अध्ययनरत अत्यन्तै गरीब तथा थारु, मुस्लिम, मधेसी, जनजाती, दलित जातिका करिब एक हजार ३२५ बालबालिकाहरूको शिक्षाको गुणस्तर वृद्धिका लागि रकमको प्रयोग गर्ने विद्यालयले जानकारी दिएको छ ।
सहयोगले विद्यालयका महत्वपूर्ण शैक्षिक विकासका कार्यहरु सम्पन्न गर्न टेवा पुग्ने बैंकले विश्वास लिएको छ । बैंकले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले बर्दिया जिल्लाको ज्येष्ठ मावि देवकोटा माविलाई सहयोग हस्तान्तरण गरेको हो ।
आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।
बैंकको देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करीब चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको प्रवक्ता उमंग शर्माले जनाइन् ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको शर्माले बताइन् ।















प्रतिक्रिया