४ कार्तिक २०८३, बुधबार

एयर इन्डियाको निर्देशन : हरेक अनाउन्समेन्टपछि ‘जय हिन्द’ भन्नू

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ फागुन । भारत सरकार स्वामित्वको एयर इन्डियाले आफ्ना चालक दलका सदस्यहरुलाई ‘जय हिन्द’ भन्न निर्देशनात्मक आदेश जारी गरेको छ । उसले उडानका क्रममा हुने हरेक अनाउन्समेन्टपछि ‘जय हिन्द’ भन्न निर्देशनात्मक आदेश जारी गरेको हो ।

यसअघि सन् २०१६ मा पनि एयर इन्डियाका अध्यक्ष आश्वानी लोहानीले ‘जय हिन्द’ भन्न निर्देशन दिएका थिए । देशको मुडअनुसार त्यसलाई फेरि कडाइका साथ पालना गर्न एयर इन्डियाले आफ्ना चालक दलका सदस्यलाई भनेको हो ।

समयमा नउड्ने, यात्रुमाथि उचित व्यवहार नहुनेलगायतका गुनासा आएपछि लोहानीले यात्रुहरूमा राम्रो प्रभाव पार्न जहाज टेक अफ हुनुभन्दा पहिला ‘जय हिन्द’ भन्न निर्देशन दिएका थिए ।

फेब्रुअरी १४ को पुलवामा आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी अभियानलाई साथ दिन एयर इन्डियाले आदेश जारी गरेको बताइन्छ ।

प्रधानमन्त्री मोदीले सार्वजनिक सञ्चारमाध्यम र आममानिसले पाकिस्तानविरोधी राष्ट्रवादलाई बढावा दिइरहेका छन् । पाकिस्तानमा भारतीय वायु सेनाले बम खसालेको दिन प्रधानमन्त्री मोदीले ‘यो देशलाई म मेटिनँ दिन्न’ भन्दै भाषण गरेका थिए ।

अहिले भारतीय पुरूषमा पाकिस्तानले रिहा गरिदिएका वायु सेनाका चालक अभिनन्दन वर्तमानको जस्तो जुँगाको काट्ने लहर चलेको छ ।