९ कार्तिक २०८३, सोमबार

२७ हजार अस्थायी शिक्षकका लागि १० अर्ब माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागनु । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपिया माग गरेको छ ।

शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

शिक्षा तथा मानव स्रोत केन्द्रले अवकास पाउने शिक्षकको संख्यसहित बजेट माग गरेको थियो । तथ्याङकअनुसार सबैभन्दा बढी प्राथमिक तहका शिक्षकले सुविधासहित अवकास पाउने भएका छन् । प्राथमिक तहका २० हजार ४ सय७५ शिक्षकले अवकास पाउने भएका हुन् ।

केन्द्रले सुविधाका लागि र शिक्षक सेवा आयोगको परीक्षामा असफल भएका शिक्षकको तथ्याङक संकलन गरेको छ । प्राथमिक तहमा सुविधाका लागि आवेदन दिने शिक्षकको संख्या ८ हजार ६ सय ४० रहेका छन् । आयोगको परीक्षामा असफल हुनेको संख्या ११ हजार ८ सय ३५ छ ।

मावि तहमा सुविधाको लागि निवेदन दिने शिक्षकको संख्या १ हजार २ सय ५९ र परीक्षामा असफल हुने अस्थायी शिक्षकको संख्या १ हजार ९ सय ६० गरी ३ हजार २ सय १९ मावि शिक्षकले सुविधासहित बिदा पाउने भएका छन् ।

निमावि तहमा सुविधाको लागि आवेदन दिने शिक्षकको संख्या १ हजार ६ सय ६५ रहेका छन् । निवाविमा आयोगको परीक्षामा असफल हुने शिक्षकको संख्या २ हजार ३ सय ९२ रहेको छ । निमावि तहमा ४ हजार ५७ जना शिक्षकले अवकासको सुविधा पाउने भएका छन् ।

केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको तथ्याङ्कअनुसार मावि तहका सबै शिक्षकलाई अवकास दिन १ अर्ब ३९ करोड, निमावि तहका लागि १ अर्ब ४४ करोड र प्रावि तहका लागि ६ अर्ब ७२ करोड रुपिया लाग्ने उल्लेख गरेको छ ।

केन्द्रका महानिर्देशक वावुराम पौडेलले २७ हजार ७ सय ५१ शिक्षकका लागि १० अर्ब रुपियाँ लाग्ने अनुमान गरी मन्त्रालयमा पेश गरेको जानकारी दिए ।