४ कार्तिक २०८३, बुधबार

चितवन क्रिकेट क्लबलाई उपाधि

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २० फागुन । यहाँ जारी १६औँ संस्करणको ‘मेयर्स चितवन च्याम्पियनसीप ट्रफी क्रिकेट प्रतियोगिता’को उपाधि चितवन क्रिकेट क्लबले जितेको छ ।

किशोर महतोले पाँच विकेट लिएपछि चितवनले उपाधि जित्न सफल भएको हो । नारायणगढस्थित क्याम्पाचौरमा भएको फाइनल खेलमा चितवनले कलैया क्रिकेट क्लबलाई ५४ रनले पराजित गरेको हो । उपाधिसँगै चितवनले रु एक लाख तथा उपविजेता बाराले रु ५० हजार पुरस्कार प्राप्त गर्यो ।

चितवनले दिएको ११० रनको लक्ष्य पछ्याएको बारा १२ दशमलव ३ ओभरमा ५५ रन समेटियो । बाराका लागि शिव तण्डुकारले २३ र कुमार थापाले ११ रन बनाए । बाराले १२ रनको स्कोरमा ७ विकेट गुमाएको थियो । तण्डुकार र थापाले २९ रनको साझेदारी गरे । चितवनका किशोर महतोले ३ दशमलव ३ ओभरमा ९ रन मात्र खर्चे । दीपेश श्रेष्ठ र गौतम केसीले दुई÷दुई विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०९ बनाएको थियो । चितवनका लागि राम कार्कीले ३१, दीपेश श्रेष्ठले २६, हेमराज पौडेलले १५ र हरिबहादुर चौहानले ११ रन बनाए । बलिङतर्फ बाराका अनिल शाह, आशुतोष पटेल र अदिल अन्सारीले दुई÷दुई विकेट लिए ।

चितवनका किशोर महतो म्यान अफ दि म्याच घोषित भए । प्रतियोगितामा १० विकेट लिएका महतो उत्कृष्ट बलर, १५६ रन बनाएका धनगढी क्रिकेट एकेडेमीका राजु रिजाल उत्कृष्ट ब्याट्सम्यान तथा प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका चितवनका दीपेश श्रेष्ठ म्यान अफ दि सिरिज घोषित भए । चितवन जिल्ला क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको थियो । – रासस