चितवन, २५ माघ । चितवनको रत्ननगर–१९ झवानीमा रहेका दृष्टिविहीन वालवालिकाहरुलाई आइतबार सेता छडी वितरण गरिएको छ ।
मन्डला अनलाईन रेडियो डेनमार्कको सहयोगमा लायन्स क्लव अफ लंकुले ३० थान सेतो छडी वितरण गरेको हो ।
लायन्स क्लबका अध्यक्ष भानुभक्त सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा गढिमाई गढ भण्डाराका प्रमुख राजु अधिकारी प्रमुख आतिथ्यता रहेको थियो ।
एनआरएन युरोप उप–संयोजक सोमनाथ सापकोटा विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा, प्रमुख अतिथि राजु अधिकारी र एनआरएन युरोप उपसंयोजक सापकोटाले मन्तव्य व्यक्त राखेका थिए ।















प्रतिक्रिया