तनहुँ । सवारी दुर्घटनामा एकैघरका दुई दाजुभाईको मृत्यु भएको घटनाले तनहुँको दुलेगौंडामा तनाव सिर्जना भएको छ ।
दुई दिनअघि भएको सवारी दुर्घटनामा एकै घरका दाजुभाई राजन रुचाल र मिलन रुचालको मृत्यु भएपछि मृतकका आफन्त झडपमा उत्रिएका हुन् । घटनाको विरोधमा प्रदर्शन गरिरहेका स्थानीय र मृतकका आफन्तले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि बिहान १० बजे आक्रमण गरेका हुन् ।
दुलेगौंडाको ब्राइटचोकमा स्थानीयको आक्रमणबाट नौ जना प्रहरी घाइते भएका छन् । आक्रमणबाट इन्स्पेक्टर भवानी धमलासहित नौ प्रहरी घाइते भएको दुलेगौंडा प्रहरीले जनाएको छ । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ ।
आक्रमणपछि स्थिति तनावग्रस्त भएको छ । स्थितिलाई नियन्त्रणमा लिन थप टोली घटनास्थल पुगेको छ । स्थानीय बासिन्दाले पृथ्वी राजमार्ग समेत अबरुद्ध पारेका छन् ।














प्रतिक्रिया