४ कार्तिक २०८३, बुधबार

युभेन्टसको अपराजित यात्रा कायम

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २० फागुन । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले दोस्रो स्थानको नापोलीलाई दुई एकले हराउँदै उपाधि लगभग आफ्नो पक्षमा पारेको छ । नापोली विरुद्धको जितले युभेन्टसले अंक तालिकामा १६ अंकको अग्रता बनाएको छ ।

नापोलीको मैदानमा भएको खेलमा युभेन्टसको जितमा मिरालीम प्जेनीकले खेलको २८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यसपछि ३९ औं मिनेटमा जर्मन खेलाडी इम्रि कानले गोल गर्दै युभेन्टसलाई दुई शून्यले अगाडि राखे ।

पहिलो हाफमा दुई गोलले पछाडी रहेको नापोलीले ६१ औं मिनेटमा एक गोल फर्काएको थियो । उसका लागि जोस कोलीजोनले गोल गरे ।

तर उनको त्यो गोल टिमलाई हारबाट बचाउन पर्याप्त बनेन । जितपछि युभेन्टसको २६ खेलबाट ७२ अंक भएको छ भने नापोलीको ५६ अंक छ ।