२ कार्तिक २०८३, सोमबार

सहमति नमान्ने सत्तापक्षको प्रवृतिले विश्वासको वातावरण टुट्यो : अध्यक्ष यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavविराटनगर, २५ माघ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकतम सहमतिमा सबैले मान्न सक्ने गरी संविधान निर्माण हुनुपर्ने धारणा राख्नु भएको छ ।

यहाँ आफ्नो निवासमा आइतबार पत्रकारसँग भेटघाटका क्रममा उहाँले विगतका सहमति नमान्ने र अब पनि सहमतिमा नचल्ने सत्तापक्षको प्रवृतिले विश्वासको वातावरण टुटेको धारणा राख्नुभयो ।

अध्यक्ष यादवले विगतमा मधेसी मोर्चा, एकीकृत नेकपा माओवादी र आदिवासी जनजाति लगायतसँग गरिएका सम्झौतालाई नयाँ संविधानमा राख्ने र सहमतिमै संविधान बनाउने सत्तापक्षले प्रतिबद्धता प्रकट गरेको अवस्थामा मात्र वार्ताको वातावरण बन्नसक्ने विचार प्रकट गर्नुभयो । रासस