इलाम, २५ माघ । दलहरुबीच सहमतिको वातावरण सिर्जना हुँदै गइरहेकाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले छिट्टै संविधान जारी हुने बताउनुभएको छ । संविधानसभाले प्रस्ताव समितिलाई थप गरेको सात दिनको समय दलहरूलाई सहमति गर्नका दिएको समेत उहाँले बताउनुभयो ।
इलाम सदरमुकाममा आइतबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले माघ ८ मा जनतालाई संविधान दिन नसकेको प्रति दुःख व्यक्त गर्दै अब मिति नतोकिकन केही महिनाभित्रमा संविधान बनाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
दलहरू लगभग सहमतिको अन्तिम विन्दुमा पुगिसकेको बताउदै उहाँले दलहरूले सहमति गरिसक्दा सहमतिबाटै संविधान निर्माण हुन्छ, भन्नुभयो ।
न्याय प्रणालीको समस्या टुङ्गिएको छ, निर्वाचन प्रणाली मिश्रितमा जाने भइसकेको छ तर कति प्रतिशतमा जाने भन्ने विषयमा विवाद छ, तर त्यो विवाद पनि टुङ्गिहाल्ने उहाँको विश्वास छ ।
शासकीय स्वरूपको विषयमा एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो कारणले संविधान निर्माणमा बाधा नपु¥याउने र सङ्घीयताको विषयमा विजयकुमार गच्छदारले ल्याउने तीनबुँदे प्रस्तावमा दलहरूले करिब–करिब सहमति जनाइसकेको हुनाले पनि अब दलहरूबीच सहमति हुन कुनै बाधा नरहेको स्पष्ट पार्दै सहमतिबाटै संविधान जारी हुने विश्वास व्यक्त गर्नु भयो ।















प्रतिक्रिया