४ कार्तिक २०८३, बुधबार

२९ वर्षका युवा बने नेपालकै कान्छो सीडीओ !

14.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । जाजरकोटका २९ वर्षीय युवा सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सुनार सम्भवतः नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् ।

दलित समुदायको प्रतिनिधित्व गर्ने सुनारलाई गत साता मात्र सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए ।

६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भएका थिए ।