
काठमाडौँ, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएको छ । मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको हो ।
संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको छ । घटनास्थलमा शव क्षतविक्षत अवस्थामा भेटिएको छ । घटनास्थलमा काठमाडौंबाट एउटा हेलिकप्टर पठाईंदै छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभया : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी















प्रतिक्रिया