रसुवा, २४ माघ । विगत लामो समयदेखि कार्यलय भाडामा सञ्चालन गदै आएको लहरेपौवा स्थित पशु सेवा केन्द्रले लहरेपौवा गाविसका समाजसेवीहरूले निशुल्क जग्गा दान गरेका छन ।
लहरेपौवा ४ का कृष्णराज नगरकोटी र डेव कुमारी नगरकोटीले २ रोपनी, बसन्तमान स्याङतानले १ रोपनी, राजविर थिङले १ रोपनी, लहरेपौवा ३ का इन्द्र प्रसाद भट्टले १ रोपनी, र लहरेपौवा २ का सादुराम पौडेल र पदमनिधि पौडेलले १ रोपनी गरी जम्मा ६ रोपनी जग्गा निशुल्क दान गरेका हुन । उनिहरूले करिब २० लाख बराबरको उक्त जग्गा निशुल्क दान गरेका छन ।
जिल्ला पशुसेवा केन्द्रको आफनै भवन नभएकाले समाजमा सेवा प्रभाबकारी बनाउन जग्गा दान गरेको जग्गा दाताहरुको भनाई रहेको छ । लहरेपौवा १ वेत्रावतीमा २०५१ सालमा स्थापना गरिएको उक्त पशु सेवा केन्द्र ६ वर्ष अघि लहरेपौवा ४ माझगाँउमा सरेपछि भाडामा वस्दै आएको
थियो । स्थानीहरूले पशुसेवा केन्द्रको आवश्यकताको महशुस गरि जग्गा दान गरेका छन ।
हाल जिल्लामा ८ ओटा पशु सेवा केन्द्र र पशु सेवा कार्यलय सहित ९ ओटा कार्यलय रहेको छ । ९ ओटा इलाकामा ९ ओटा पशु सेवा केन्द्र रहेको रसुवामा दर्वन्दीको परिपुर्ती भएकै कारण सम्पुर्ण रसुवाली जनताले सेवा प्राप्त गरिरहेका छन ।















प्रतिक्रिया