२० कार्तिक २०८३, शुक्रबार

राँगाको आक्रमणमा घाइते अर्का एक जनाको मृत्यु

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १४ फागुन । राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ शनिबार चन्द्रागिरि–९ मच्छेगाउँमा राँगाको आक्रमणबाट घाइते भएका थिए ।

उनको मंगलबार त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार राँगाको आक्रमणबाट ७० वर्षीय मानवीर महर्जनको मृत्यु भएको थियो । आक्रमण गर्ने राँगोलाई प्रहरीले त्यही बिहान दहचोकमा गोली हानेर मारेको थियो ।

राँगाको आक्रमणबाट घाइते मध्ये चन्द्रागिरि नगरपालिका–४ त्रिभुवन पार्ककी ४५ वर्षीया देवि राना र वडानम्बर ९ का ८० वर्षीय काजी महर्जन भने उपचारपछि घर फर्किसकेका छन् ।