९ कार्तिक २०८३, सोमबार

नेकपा एमाले स्थायी समिति बैठकले के निर्णय गर्‍यो ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, २४ माघ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा शनिवार बसेको बैठकले एमाओवादी र मधेसी मोर्चालाई सहमतिमा ल्याउनका लागि पार्टी हदैसम्मको लचिलो हुनुपर्ने बैठकमा छलफल भएको एमाले सचिव प्रदीपकुमार ज्ञवाली बताउनुभयो ।

बैठकले नेपाली जनताले मुलुकमा स्थायी शान्ति र संविधान बनोस् भन्ने चाहाना भएको तर अहिले आन्दोलन गर्ने नभएको निष्कर्ष निकालेको छ ।

बैठकले एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई फेरि सहमति र वार्तामा आएर संविधान लेखनमा सहभागी हुन आह्वान गरेको छ ।

यही माघ ५ गते एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्ता सकारात्मक भएको बताउँदै बैठकले आगामी दिनमा पनि वार्तालाई जारी राख्नुपर्नेमा जोड दिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो । कार्यविभाजनलगायत विषयमा छलफल गर्न आइतबार मध्याह्न १२ बजे पुनः बस्ने गरी बैठक सकिएको छ ।