
काठमाडौँ, १४ फागुन । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. ९ स्थित पिडारी चोकमा शाखा विस्तार गरेको छ ।
मंगलबार जनकपुर उपमहानगरपालिका मेयर लालबहादुर साह, बैंकका संचालक बलराम बराल तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको संक्षिप्त जानकारी गराउँदै प्रदेश नं. २ मा यो सँगै ४ वटा शाखा पुगिसकेको र व्यापार विस्तारलाई तीव्रता दिने उद्देश्य सहित बैंकले थप शाखाहरु पनि शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको काम भइरहेको बताए ।
बैंकले यसै सप्ताहन्तरमा ४ वटा शाखा सञ्चालनमा ल्याउनुले पनि बैंक आक्रामक रूपमा शाखा विस्तार गरि रहेको बुझिने उनले बताए । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६८ वटा शाखा तथा २० वटा टीएममार्फत ग्राहकहरुलाई आफनो सेवा प्रदान गर्दै आएको छ ।
साथै बैंकले एबीबीएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।















प्रतिक्रिया