
दार्चुला, १४ फागुन । दार्चुलाको दुहु गाउँपालिका–३ राता काठा भन्ने स्थानमा माथिबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नौगाड गाउँपालिका–४ सिप्टी बस्ने ३८ वर्षीय रघुबिर सिंह धामीको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
धामी समेत ६ जना घरबाट भेंडा–बाख्रा लिई सोमबार राति ब्यास गाउँपालिकातर्फ गोरेटो बाटो हुँदै गइरहेको अवस्थामा पहिरो खस्दा थप ५ जना घाइते भएका छन् ।
प्रहरी चौकी ब्रम्हदेबबाट खटिएको प्रहरीले उद्दार गरी घाइतेहरु उपचारको लागि जिल्ला अस्पताल दार्चुला पठाएको थियो । धामीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया