५ कार्तिक २०८३, बिहिबार

३२ लाख ठगी आरोपमा नायिका सोनाक्षीविरुद्ध मुद्धा

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबाज जिल्लामा मुद्दा परेको छ ।

दिल्लीमा गत सेक्टेम्बरमा आयोजित एक कार्यक्रममा नृत्य गर्नका लागि पेस्की रकम लिएर पनि उपस्थित नभएको भन्दै कार्यक्रम आयोजक प्रमोद शर्माले सोनाक्षीसहित पाँचजनालाई ३२ लाख भारु क्षतिपूर्तिको मागसहित मुद्दा दर्ता गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

शर्माले सोनाक्षी उपस्थित नहुनाले सो रद्द भएको र त्यसकारण आफू पुलिसको शरणमा पुगेको बताएका छन् । उनले सोनाक्षीका साथमा ट्यालेन्ट फुल अन कम्पनीका अभिषेक सिन्हा, मालविका पन्जावी, धुमिल ठक्कर र एडगर सकारियालाई आरोपी बनाई मुद्दा हालेका हुन् ।

मुद्दा हाले पनि पुलिसले धेरै दिनसम्म कारबाही प्रक्रिया अघि नबढाएकाले शर्माले विष पिएर आत्महत्या गर्ने कोसिस गरेका थिए । तर, वेलैमा उपचार पाएकाले उनी बाँचेको बताइन्छ ।

मुरादाबाज पुलिसले घटनाको अनुसन्धान पूरा भएपछि सोनाक्षीलगायतका आरोपीविरुद्ध मुद्दा दर्ता गरिने जनाएको छ ।

सन् २०१८ को सेप्टेम्बर ३० मा सोनाक्षीले कार्यक्रममा प्रस्तुति दिनुपर्ने थियो । सोनाक्षीलाई कार्यक्रममा ल्याउने जिम्मा आयोजक शर्माले ट्यालेन्ट फुल अन कम्पनीसँग सम्झौता गरेका थिए ।

सोनाक्षीका निजी सचिवसँग कुरा भएपछि उनले ३२ लाख भारु पेस्की रकम जम्मा गरिदिएको, तर उनी आफ्नो कार्यक्रममा नआएर धोका दिएको दाबी उनको छ । एजेन्सी