विराटनगर, २४ माघ । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफूले प्रस्तुत गरेको प्रस्तावले सत्तापक्ष र प्रतिपक्ष दुवैको जित हुने भएको स्पष्ट पार्दै आइतबारदेखि नै वार्ता र सम्वादका लागि पहल गरिने बताउनुभएको छ ।
पार्टीका अगुवा कार्यकर्तालाई दिइएको प्रशिक्षणलाई शनिवार सम्बोधन गर्दै उहाँले सत्ता पक्षसँग दुई तिहाइभन्दा बढी मत रहेकाले यसको दुरुपयोग गरेर प्रतिपक्षलाई आन्दोलनमा जानका लागि बाध्य नपार्न सत्तापक्षलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–प्रमुख राजनीतिक दलबीच सहमति हुने र सहमतिको संविधान जारी गर्न सकिने अवस्था अहिले पनि विद्यमान छ ।















प्रतिक्रिया