५ कार्तिक २०८३, बिहिबार

प्रियंका र आयुष्मान स्वच्छ वातावरण अभियन्ता !

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ । नायिका प्रियंंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त भएका छन् ।

वन तथा वातावरण मन्त्रालयको फागुन ७ बसेको मन्त्रीस्तरिय निर्णयले उनीहरुलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा नियुक्त गरेको हो ।

अभियन्ताको रुपमा नियुक्त भएका उनीहरुले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गनुपर्नेछ ।  मन्त्रालयले उनीहरुलाई एक वर्षको नियुक्ति दिएको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मान स्वच्छ वातावरण महाअभियानको अभियन्ताको रुपमा आफूलाई पाउँदा एकदमै खुशी लागेको बताए ।

साथै उनीहरुले आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।