९ कार्तिक २०८३, सोमबार

सहमतिका लागि खुला दिलले वार्ता गर्न तयार छौं : उपसभापति पौडेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramchandra-paudelकाठमाडौँ, २४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले विपक्षी दलहरुसंग खुल्ला दिलले वार्ता गर्न तयार रहेको बताउनुभएको छ । एकीकृत नेकपा माओवादी लगायतका ३० दलिय मोर्चालाई सहमतिमा आउन आग्रह गर्दै उहाँले वार्ता गर्न आफूहरु दिलैदेखि तयार रहेको बताउनुभएको हो ।

एनेकपा माओवादी सहितको मोर्चालाई आन्दोलन छोडेर वार्तामा आउन समेत उहाँले आग्रह गर्नुभयो । रिपोटर्स क्लब नेपालको संयोजनमा उहाँको निवास बोहोराटारमा शनिवार आयोजित साक्षात्कार कार्यक्रममा उहाँले संविधानसभाका माध्यमबाट संविधान ल्याउने नेपाली जनताको चाहनालाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

“उहाँहरु संविधानसभाको काम कारबाहीबाट बाहिर जानुभएको छ । संविधान राष्ट्रको हितमा हो । आ–आफ्ना कुरा भन्ने केही छैन । सहमतिका लागि हामीहरु खुला दिलले वार्ता गर्न तयार छौँ”, उपसभापति पौडेलले भन्नुभयो ।

विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावना विपरीत आफूहरु नगएको बताउदै उहाँले माघ ५ गते पनि अधिकांश कुरोमा टुङ्गोमा पुगिसकेको अवस्थामा अकस्मात् भइसकेको सहमति अवरुद्ध भएको जानकारी गराउनुभयो ।

काँग्रेसले अघि सारेको नौ बुँदे अवधारणा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको मर्मअनुरुप नै रहेकोमा जोड दिँदै उपसभापति पौडेलले देशको सङ्क्रमणकालको अन्त्य गर्नका लागि तत्काल आन्दोलन छोडेर वार्तामा आउनुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

सर्वसहमतिको अवस्था नरहेको र अधिकतम सहमतिका लागि आफूहरु हदैसम्म लचिलो बनेको बताउँदै उहाँले भन्नुभयो, “सहमतिको पासोमा बेरिएर बस्ने अवस्था छैन । सम्पूर्ण सहमति सम्भव नहुन सक्छ अधिकतम सहमति कायम गर्न सकिन्छ ।”