९ कार्तिक २०८३, सोमबार

प्रश्नावली समिति कुनै हालतमा खारेज हुदैन : सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendraविराटनगर, २४ माघ । सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले प्रतिपक्षले आफूहरुले जे भनेको सोहीमा सहमति हुनुपर्ने पुरानो सोचाइलाई त्यागेर अगाडि बढेमा सहमतिको बाटो खुल्ने स्पष्ट पार्नुभएको छ ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले देशको हितलाई सम्झेर प्रधानमन्त्री सुशील कोइराला सहमतिमा संविधान जारी हुनुपर्ने पक्षमा हुनुभएकाले जनादेशको मूल भावनालाई आत्मसात् गरी आउन आग्रह गर्नुभयो ।

मन्त्री डा रिजालले शान्ति सम्झौताको मूल भावना हिंसा त्याग्ने र लोकतन्त्रलाई स्वीकार गर्ने रहेको प्रसङ्ग उल्लेख गर्दै हामी सबै शान्ति सम्झौताको पक्षधर रहेकाले सहमति का आधारमा संविधान जारी गर्नुपर्ने बेला आन्दोलनमा जान नहुने धारणा राख्नुभयो ।

उहाँले आन्दोलन गरेर सहमति नहुने अनाहकमा जनताले दुःख पाउने उल्लेख गर्दै संविधानसभामा बहिष्कारमा रहेका दललाई संविधानसभामा सहभागी हुन आग्रह गर्नुभयो ।

संविधानसभाले बनाएको प्रश्नावली समिति भङ्ग हुन नसक्ने स्पष्ट गर्दै उहाँले आउँदो संविधानसभाको बैठकमा सहभागी भएर सबै असहमतिका बारेमा प्रश्न राख्न र मतदान गर्नसमेत आग्रह गर्नुभयो ।