
वाशिंगटन । लोकप्रिय गायिका तथा सांसद कोमल वली अमेरिकाको वाशिंगटन डिसी पुगेकी छन्। सांसद ओली वाशिंगटन डीसीमा आयोजना भएको नेपालको आर्थिक विकासमा सांस्कृतिक कूटनीति विषयक कार्यक्रमको लागि प्रमुख अतिथिको रुपमा यहाँ आएकी हुन् ।
उनी डिसीबाट न्यू योर्क हुँदै बोस्टन पुगेर नेपाल फर्किने कार्यक्रम रहेको छ । वाशिंगटन डीसी स्थित नेपाली राजदुतबास तथा अमेरिकाको डीसी महानगर क्षेत्रमा स्थापित इन्टरनेशनल डेभलपमेण्ट इन्स्टिच्यूट (आइडिआई) को सयुक्त आयोजनामा उक्त कार्यकम सम्पन्न भएको छ ।
प्रमुख अतिथि ओलीले आयोजकलाई धन्यबाद दिएकी थिइन् । वलीले सुशासन, आर्थिक विकास भ्रष्टाचार लगायतलाई निर्मुल गर्नु यो सरकारको मुख्य लक्ष्य रहेको बताइन् ।















प्रतिक्रिया