४ कार्तिक २०८३, बुधबार

काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगर डीपीएलको फाइनलमा, उपाधिका लागि अत्तरियासँग खेल्ने

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । महेन्द्रनगर युनाईटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । काठमाडौं गोल्डेन्सले फाप्ला क्रिकेट मैदानमा शुक्रबारका लागि तय दोस्रो क्वालिफायर्स खेल बहिस्कार गरेपछि महेन्द्रनगरले फाइनलमा स्थान बनाएको हो ।

आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि धनगढी क्वालिफायर खेल नखेली फाइनलमा पुगेको हो ।

काठमाडौंका भारतीय खेलाडी अंकित दबासको बलिङ शंकास्पद रहेको भन्दै आयोजक डीपीएलले बिहिबार उनलाई प्रतिबन्ध लगाएको थियो ।

अब महेन्द्रनगरले उपाधिका लागि सीवाईसी अत्तरियासँग शनिबार खेल्नेछ । अत्तरिया पहिलो क्वालिफायर्समा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा पुगिसकेको छ ।