२ कार्तिक २०८३, सोमबार

पचास किलो चरेस बरामद, दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, २४ माघ । पर्साको सेढवा इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गएराति ५० किलो चरेसको धुलो बरामद गरेको छ । पर्साको जितपुर गाविस वडा नं ४ मा प्रहरीले चरेसको धुलो बरामद गरेको हो ।

मकवानपुरको मनहरी हुँदै चारकोसे झाडी भएर पर्साको हरैया क्षेत्रमा निस्किएर भारततर्फ निकासी गर्न लगिरहेको अवस्थामा प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक परमानन्द यादवको नेतृत्वमा रहेको गस्ती टोलीलाई देखेपछि भरिया चरेसका पोका फालेर भागेको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरी चौकी इनर्वाको गस्ती टोलीले गएराति ५० किलो चाँदीसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रमेश रेग्मीको टोलीले ५० किलो चाँदीसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत रक्सौलका उमेश साह कलवार र प्रभु साह कलवार रहेका छन् । पक्राउ परेकालाई छुटाउन प्रहरीलाई घुस दिने अर्का एकजनालाई पनि पक्राउ गरिएको छ ।
प्रहरीलाई चाँदी छुटाउनका लागि घुस दिन खोज्ने व्यक्तिको नाउँ भने पर्सा प्रहरीले सार्वजनिक गरेको छैन ।

बरामद भएको चाँदी र पक्राउ परेका व्यक्तिको विषयमा अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिनुभयो ।