४ कार्तिक २०८३, बुधबार

महिला विश्वकप छनोट : युएईलाई ७ विकेटले हरायो नेपालले

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले संयुक्त अरब ईमिरेट्स (युएइ) लाई ७ विकेटले पराजित गरेको छ ।

थाईल्याण्डको ट्रेडथाई क्रिकेट मैदानमा शुक्रबार भएको समुह चरणको तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो ।

युएईले दिएको ४२ रनको झिनो लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७ ओभर ३ बलमा अलआउट हुँदै ४१ रनमा समेटिएको थियो । नेपाली बलरसामु युएईका ब्याट्स ओमन टिक्न सकेनन् ।

युएईका लागि चामनी रोशनी सिनिभिरत्नाले सर्वाधिक १३ रन जोडिन् भने अन्य ब्याट्सवुमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युएईलाई सस्तैमा समेट्न नेपालकी नेरी थापाले ४ विकेट लिईन् । यस्तै सिता राना मगर, सोनु खड्का र कृष्णा कुँवरले २÷२ विकेट लिए ।

शुक्रबारको जितसँगै नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । नेपालले अब शनिबार हङकङसँग खेल्ने छ । यसअघि दोस्रो खेलमा थाईल्याण्डसँग पराजित भएको नेपालको छनोट हुने सम्भावना भने कमजोर छ ।

युएईले ४ खेलबाट ६ अंक जोडेको छ । पराजित भएपनि युएई तालिकाको शीर्ष स्थान यथावत छ ।