५ कार्तिक २०८३, बिहिबार

बर्बाद भयो ‘हट’ नायिकाको करियर

7.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । फिल्म ‘खून भरी मांग’ मा आफ्नो अन्दाजले रेखालाई टक्कर दिने सोनू वालिया अचानक पर्दाबाट गायब भइन् । उनको पर्दाबाट गायब हुनुको कारण निकै अचम्मित गरिदिने किसिमको छ ।

अन्तर्वार्तामा जब सोनूलाई इन्डष्ट्रिबाट टाढा हुनुको कारण सोध्दा यसका लागि बी–टाउनका तीन खानलाई जिम्मेवार बताइन् ।

वेबसाइट ग्ल्यामश्याममा छापिएको रिपोर्ट अनुसार सोनूले भनिन्, ‘जब मैले फिल्म इन्डष्ट्रीमा इन्ट्री लिएँ तब अमिताभ बच्चन, विनोद खन्ना, धर्मेन्द्र, फिरोज खानजस्ता हिरो अवकाश लिने तयारीमा थिए । उनीहरुको स्थानमा जवान खान (शाहरुख, सलमान र आमिर) ब्रिगेडले लिएका थिए जो मेरो हाइट (पाँच फुट ८ इन्च) भन्दा साना थिए ।’

कारण जे भएपनि उनी आफ्नो छोटो करियरमा पनि गहिरो छाप छोड्न सफल भइन् । उनी बलिउडकी बोल्ड नायिकामा गनिन्छिन् । विशेषगरी फिल्ममा उनको किसिङ सीन चर्चामा थिए ।

आफ्नो फिल्मी करियरको दोस्रो र सबैभन्दा चर्चित फिल्म ‘खून भरी मांग’ का लागि सोनूले उनको पहिलो फिल्मफेयर अवार्ड पाएका थिए । एजेन्सी