काठमाडौं, १० फागुन । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने भएकी छिन
मन्त्रालयसँग सम्बन्धित कामबारे सांसदहरुमा उत्पन्न प्रश्नको जवाफ दिन संसदले सुरु गरेको प्रश्नोत्तर सत्रमा मन्त्री मगर उपस्थित हुन लागेकी हुन् ।
संघीय संसद् सचिवालयले दिउँसो १ बजे बस्ने बैठकमा मन्त्री मगरले सम्हालेको मन्त्रालयसँग सम्बन्धित विषयमा सांसद्ले प्रश्न राख्ने र मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम तय भएको जनाएको छ ।
खानेपानी मन्त्रालय पछिल्लो समय मेलम्ची खानेपानी आयोजना र सचिव गजेन्द्र ठाकुरको सरुवाले चर्चामा छ ।
शुक्रबारका लागि तय गरिएको प्रश्नोत्तर श्रृंखलामा सांसद्हरुले यही विषयबारे जिज्ञासा राख्ने अनुमान गरिएको छ ।
संसद् सचिवालयका अनुसार, आजैको बैठकमा संसद्मा पेश गरिएको सूचना प्रविधि विधेयकबारे विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्नेछन् ।















प्रतिक्रिया