८ कार्तिक २०८३, आइतबार

सरकारले जुनसुकै बेला फेसबुक-टवीटर बन्द गर्न सक्ने

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । सामाजिक सञ्जालको सदुपयोगभन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ ।

यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना प्रविधि विभागमा दर्ता गर्नुपर्ने प्रावधान ल्याउँदै छ । नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

सामाजिक सञ्जाल सञ्चालकले सामाजिक सञ्जाल दर्ता नगरी चलाए सरकारले जुनकुनै बेला पनि रोक लगाउन सक्नेछ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा तयार पारिएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ५६ मा प्रत्येक सरकारी निकाय र सार्वजनिक संस्थाले वेबसाइट सञ्चालन गर्नुपर्ने र वेबसाइटको सञ्चालन, डिजाइन र विकाससम्बन्धी मापदण्ड मन्त्रालयले तोकबमोजिम हुने उल्लेख छ ।