५ कार्तिक २०८३, बिहिबार

नायिका ढुंगाना र मोडल गुरुङबीच खटपट

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका नीता ढुंगानाले बनाउने भनिएको फिल्म अलपत्र परेको छ । आफ्नो जन्मदिनको अवसर पारेर दुई वर्ष अगाडि ढुंगानाले चलचित्र निर्माण गर्ने घोषणा गरेकी छिइन् ।

दुई वर्ष बितिसक्दा पनि नायिका ढुंगानाको फिल्मको अत्तोपत्तो छैन । ढुंगाना आफूले लगानी गर्ने मान्छे नपाएकाले चलचित्रको काम रोकिएको प्रतिक्रिया दिएकी छिन् ।

पछिल्लो समय नायिका ढुंगानाले फिल्ममा काम पनि पाएकी छैनन् । उनले म्युजिक भिडियो समेत पाउन छाडेको नेपाली फिल्म क्षेत्रमा चर्चा हुन थालेको छ ।

नायिका ढुंगाना सामाजिक सञ्जाल टिकटिकमा अलिक धेरै देखिने गरेकी छिन् । ढुंगानालाई एउटा दुइटा म्युजिक भिडियो खेलेकी मोडल भावना गुरुङले साथ दिने गरेकी छिन् ।

ढुंगाना र गुरुङ हरेक कार्यक्रममा संगै देखिने गरेका छन् ।

केही महिना अगाडिसम्म यो दुईको जोडी बाक्लै सामाजिक सञ्जालमा सँगै देखिएपनि पछिल्लो समय सँगै देखिन छाडेको छ । नायिका ढुंगाना र मोडल गुरुङबीच खटपट भएको चर्चा हुन थालेको छ ।