८ कार्तिक २०८३, आइतबार

लम्बियो नेकपाकाे एकता प्रक्रिया

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । पार्टी एकताको प्रस्ताव तयार पार्न गठित कार्यदलले सहमति जुटाउन नसकेपछि नेकपाको सचिवालयले आफैं छलफल गर्ने भएको छ ।

रामबहादुर थापा संयोजकत्वको कार्यदलले सहमतिको प्रस्ताव तयार गर्न नसकेपछि थप समय मागेको थियो । तर सचिवालयले म्याद थप्नेभन्दा कार्यदल पदाधिकारीलाई बोलाएर विषय टुंग्याउने तयारी गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

दुई दिनअघि बसेको सचिवालय बैठकले बिहीबार थप छलफल गर्ने र एकताको विषयमा टुंगोमा पुग्न प्रयास गर्ने निर्णय गरेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेताहरूले एक पटक कार्यदलभित्र भएको छलफल र त्यसको विवरण बुझ्ने र त्यसपछि धारणा बनाउनेछन् ।

गत जेठमा पार्टी एकता भए पनि प्रदेश, जिल्लासहित भ्रातृ संगठनबीच एकीकरण भइसकेको छैन । कार्यदललाई एकताको प्रस्ताव तयार गर्ने, केन्द्रीय समितिहरूको कार्यविभाजनलगायत टुंगो लगाउन जिम्मा दिइएको थियो । तर, कार्यदलभित्र प्रदेशमा यसअघि सिफारिस व्यक्तिहरूको नाममै सहमति जुट्न सकेन ।

त्यसैले जिल्ला तहको नेतृत्वमा पनि कसलाई कसरी लैजाने भन्ने मापदण्ड बन्न नसक्दा एकता प्रक्रिया झन् लम्बिँदै गएको छ ।