४ कार्तिक २०८३, बुधबार

माछापुच्छ्रे बैंक र चिरायु अस्पतालबीच सम्झौता

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ फागुन । माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे ।

सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् । बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । चिरायु अस्पतालले आफ्नो स्थापनाकालदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६२ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १५५ स्थानबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११५ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।