४ कार्तिक २०८३, बुधबार

धनगढी पुगेर प्रधानमन्त्रीको विप्लवलक्षित गर्जन-सरकार धेरै समय चुप लागेर बस्दैन

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराधिक समूहको गतिविधिमा सरकार धेरै समय चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

बुधबार बिहान धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले एउटा दललाई स्पष्ट बहुमत दिएकाले सरकारले त्यही अनुसार काम गर्ने बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई सरकारले नजिकबाट नियालीरहेको र धेरै समय चुप लागेर नबस्ने पनि बताए ।

उनले निर्वाचित सरकारले स्पष्ट नीति र भिजनका साथ काम गरिरहेकाले क्रान्तिका कुरा गरेर हिंसा फैलाउने खोज्नु अपराध भएको बताए । ‘क्रान्तिका कुरा गर्दै बिजुली आयोजना बनाउन नदिने, आगजनी गर्ने, चन्दा आतंक फैलाउने काम देश डुबाउने खेल हो, सरकार देश डुबाउने यस्ता कुराप्रति चुप लागेर बस्नेछैन,’ ओलीले भने ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्म र राजसंस्थाको एजेन्डा बोकेर प्रतिगमनको बाटोमा जान खोजेको बताए ।

‘केहीले हिन्दुत्वको आडमा कोही जन्मजातै शासक हुने व्यवस्थाको सपना देखाइरहेका छन,’ ओलीले भने, ‘२००७ सालमा भागेर दिल्ली गएका राजालाई डोकोमा बोकेर दुःख पाएका जनताले फेरि त्यही गल्ती दोर्होयाउँदैनन् । यस्ता प्रतिगमनउन्मुख कुरामा पनि आवश्यक नियन्त्रण हुनेछ ।’

मंगलबारमात्र राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री ओलीलाई २२ सुत्रीय मागसहितको ज्ञापन पत्र बुझाएका थिए । हिन्दुत्वको नारासहित राप्रपाले फागुन १८ देखि मेची–महाकाली यात्रा गर्दैछ ।