५ कार्तिक २०८३, बिहिबार

बलिउडमा कंगना र सबानाबीच घम्साघम्सी

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । पुलवामा हालै भएको आतंकवादी हमलाको निन्दा गर्दै अभिनेत्री सबाना आज्मी र जावेद अख्तरले पाकिस्तानमा हुने भनिएको कार्यक्रम रद्द गरिदिएका छन् ।

अभिनेत्री कंगना रनौतले शबाना आज्मी जस्ता व्यक्तिले नै पाकिस्तानी कलाकारहरुलाई भारतमा काम गर्न पाउनुपर्छ भन्ने पक्षमा आवाज उठाउने गरेको आरोप लगाएकी छिन् ।

कंगनाले भनेकी छिन्, ‘शबाना आज्मी जस्ता व्यक्तिहरुले नै पाकिस्तानबाट सांस्कृतिक आदान प्रदानमा लगाइएको रोकलाई तोड्नु पर्ने कुरामा आवाज उठाउने गर्छन् । यी तिनै व्यक्तिहरू हुन् जसले भारत तेरो टुक्रा टुक्रा हनेछ भन्ने ग्याङ्गलाई समर्थन गर्छन् ।

उनीहरूलाई पाकिस्तानको कराचीमा कार्यक्रम राख्न के आवश्यकता थियो ? जबकी उरी आतंकवादी हमलापछि पाकिस्तानी कलाकारहरुमाथि प्रतिबन्ध लगाइएको थियो । हाम्रो फिल्म उद्योग यी र यस्तै देशद्रोहीहरुले भरिभराउ छ । हामीलाई यतिबेला पाकिस्तानी प्रतिबन्धप्रति नभई उनीहरुको विनाश तर्फ केन्द्रित हुनु आवश्यक छ ।’

पुलवामा आतंकवादी हमलालाई अभिनेत्री कंगना रनौतले कायरतापूर्ण र मानवतामाथिको हमला बताएकी छिन् । कंगनाले भनिन्, ‘पाकिस्तानले केवल हाम्रो देशको सुरक्षा भंग मात्रै नगरी भारतको गौरवमाथि पनि ठेस पुर्‍याएको छ । हामीले यसको बदला जोडदार तरिकाले लिनुपर्छ । यदि यसो नगरेर हामी चुप लागेर बस्यौं भने यही कुरा हाम्रो कमजोरी बन्न सक्नेछ ।’

अभिनेत्री कंगना रनौतले यस आतंकवादी हमलाका कारण उनको फिल्म ‘मणिकर्णिका’ को सक्सेस पार्टी रद्द गरिदिएकी छिन् । साथै शहीद भएका सीआरपीएफ जवानहरुलाई श्रद्धाञ्जलि दिएकी छिन् । एजेन्सी