५ कार्तिक २०८३, बिहिबार

गोविन्द–प्रकृतिको स्वरमा भरियो बेदना, पाए चारैतिरबाट प्रशंसा

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक एवम् संगीतकार गोविन्द मधुर आचार्य र गायिका बसन्ता प्रकृतिको स्वरमा रहेको ‘परदेशी हुँदा…’ले राम्रो प्रतिक्रिया पाएको छ ।

सोमबार म्युजिक नेपालको युट्युब च्यानलबाट रिलिज गरिएको ‘परदेशी हुँदा’का शब्द शिव शर्मा ‘चञ्चल’ले लेखेका हुन् । संगीत र एरेञ्ज गायक स्वयं आचार्यको हो ।

विदेशमा बस्ने युवाहरूको कथा व्यथलाई गीतमा उतारिएको छ । गीतमा विशेष गरेर आमाछोराको पीडालाई समेटिएका छ ।

‘विदेश जाने र घर परिवारमा बस्नेहरूको पीडालाई गीतमा ढालिएको छ’, गायक आचार्यले भने, ‘गीतको मिठास सबैले मन पराइदिनु भएको छ । गीतका शब्द त झन् धेरैलाई मन परेको छ ।’

सबै प्रकारका गीतमा स्वर दिने गरेका गायक आचार्यले ‘परदेशमा हुँदा…’ बोलको गीतबाट आफू नै भावुक बनेको सुनाए । ‘यो गीत गाउँदा म नै भावुक बनेको थिएँ’, गायक आचार्यले भने, ‘युट्युबमा आएका कमेन्टहरूले पनि म केही हदसम्म गायन र संगीतमा सफल हुन सके जस्तो लागेको छ ।’

गायक आचार्यले भनेका छन्, ‘गीत कति चल्यो वा चलेनभन्दा पनि मेरो गीतले दर्शक स्रोताको मन छोयो कि छोएन भन्ने कुराले महत्व राख्छ ।’

गायिका बसन्ताले पनि गीत राम्रो र सुमधुर बनेको बताइन् । भनिन्, ‘घरपरिवारको पीडा बसेको गीत छ । यसको मेलोडी पनि राम्रो छ ।’ गीतबाट आफू निकै खुसी भएको उनले बताइन् ।

म्युजिक भिडियोको निर्देशन शिव पुरीले गरेका हुन् । भिडियोमा राजकुमार, अञ्जु देउजा, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् ।