
काठमाडौँ । गायक पशुपति शर्माको गीत काण्ड सेलाउन नपाउँदै कला क्षेत्रमा प्रशासनको अर्काे आपत्ति सार्वजनिक भएको छ ।
गएको शुक्रबारबाट प्रदर्शनमा आएको वनोद पौडेल निर्देशित चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरी प्रशासनले निर्देशन दिएको हो ।
चलचित्रमा मदिराको विज्ञापन देखिएकाले पोस्टर हटाउन निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रहरीले निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर पोस्टर हटाउन निर्देशन दिइएको हो । प्रहरीको निर्देशनपछि पोस्टर हटाउन सुरु भएको डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।















प्रतिक्रिया