९ कार्तिक २०८३, सोमबार

दैनिक १ घण्टा लोडसेडिङ घट्यो, नयाँ तालिका सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BLUB-LIGHT

काठमाडौं, २३ माघ । जलस्रोतमा विश्वकै दोस्रो धनी देश नेपालमा लोडसेडिङ भनेको सामान्य जस्तै हो । किनकी सर्वसाधारणले  दिनमा ५ घण्टा पनि राम्रोसंग विजुली वाल्न पाउदैनन् ।

तर, अहिले भने खुसीको खबर छ । अजदेखि एक घण्टा लोडसेडिङ घटेको छ । दैनिक ११ घण्टा लोडसेडिङको मार खेपिरहेका सर्वसाधारणले अब दिनहुँ एक घण्टा बढी विजुली बाल्न पाउने छन् ।

नेपाल विद्युत प्राधिकरणले आजदेखि १ घण्टा लोडसेडिङ घटाएको हो । शुक्रबारदेखि भारतबाट २० मेगावाट बिजुली थप आयात हुन थालेपछि लोडसेडिङ घटेको हो । मर्मत सम्भारका लागि १५ दिन बन्द रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले पनि शुक्रबारदेखि नै उत्पादन सुरु गरेको छ ।

भारतबाट २० मेगावाट बिजुली आएकाले लोडसेडिङ घटाइएको नेपाल विद्युत प्राधिकरणका प्रमुख भुवन क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यमस्र्याङ्दीको विद्युत उत्पादनसमेत केन्द्रीय प्रशारण लाईनमा जोडिँएकाले दैनिक एक घण्टा लोडसेडिङ कम गरिएको हो ।

लोडसेडिङ घटाएपछि प्राधिकरणले नयाँ तालिका सार्वजनिक गर्दैछ । तालिका साँझ ४ बजेपछि मात्रै सार्वजनिक गरिनेछ । यसअघि दिनमा ११ घण्टा लोडसेडिङ हुदै आएको थियो ।