मुम्बई । बलिउड अभिनेत्री अमिशा पटेलविरुद्ध मुरादाबादको एक इभेन्ट कम्पनीले ठगी मुद्दा दर्ता गरेको छ ।
अमिशामाथि पैसा लिएर कार्यक्रममा सहभागी नभएको आरोप लगाइएको छ । उनीसँगै अन्य चारजनाविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
मुरादाबादमा ड्रिम भिजन इभेन्ट मेनेजमेन्ट कम्पनी सञ्चालन गर्ने पवन बर्माको आरोप छ कि उनका एक ग्राहकको विवाहमा डान्स गर्न अमिशालाई ११ लाख रुपैयाँ दिइएको थियो ।
यो रकम न्यु म्याक्स इन्टरटेनमेन्ट कम्पनीको नामबाट लिइएको थियो । तर, १६ नोभेम्बरमा अमिशा विवाहमा नृत्य गर्न गइनन् ।
अमिशा र उनका सहयोगीले उनका ग्राहकको विवाहको महत्वपूर्ण समयमा आउन अस्वीकार गरेका थिए ।
त्यतिबेला उनीहरूले थप दुई लाख रुपैयाँ पनि माग गरे । पवनले अमिशा पटेल र उनका सहयोगी अहमद सरिफलाई धेरै पटक फोन गरे तर कसैले पनि फोन उठाएनन् । न त कुनै जवाफ फर्काए । अमिशा र उनीसँग आउनेहरूका लागि प्लेन टिकट र होटेलको व्यवस्था गरिसकिएको थियो ।
यसका साथै उनको सुरक्षका लागि बाउन्सरको पनि व्यवस्था गरिएको थियो । विवाहमा नगएर अमिशा दिल्लीबाटै अफ्ना साथीसँग मुम्बई फर्केकी थिइन् ।
यसपछि पीडित अदालत पुगेका हुन् । अमिशा, अहमद सरिफ, सुरेश परमार र राजकुमार गोस्वामीविरुद्ध धारा १२० बी, ४०६, ५०४, ५०६ अन्तर्गत एसीजेएममा मुद्दा दायर गरिएको छ । एजेन्सी















प्रतिक्रिया