४ कार्तिक २०८३, बुधबार

डीपीएल क्रिकेट : रुपन्देहीलाई १०० रनले हराउँदै काठमाडौं क्वालिफायरमा

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । काठमाडौं गोल्डेन्स धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको क्वालिफायरमा पुगेको छ । आइतबारको खेलमा रुपन्देही च्यालेन्जर्सलाई १०० रनले पाखा लगाउँदै काडमाडौं क्वालिफायरमा पुगेको हो ।

फाप्ला क्रिकेट मैदानमा काठमाडौंले दिएको १३४ रनको लक्ष्य पच्छाएको रुपन्देहीले लज्जासपद हार ब्यहो-यो ।

रुपन्देही १५ ओभर १ बलमा ३३ रनमै अलआउट भएको हो । रुपन्देहीका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

काठमाडौंका नन्दन कुमार यादवले ३ विकेट लिए । यस्तै काठमाडौंका ललित नारायण राजवंशी र सुर्य तामाङले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । काठमाडौंका लागि अंकित दबासले सर्वा्धिक ४३ रनको योगदान दिए ।

जितसंगै ४ खेलबाट ७ अंक बनाएको काठमाडौं शीर्ष स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको रुपन्देहीको ४ खेलबाट ४ अंक रहेको छ ।