९ कार्तिक २०८३, सोमबार

पेलेर जान खोजे परिवर्तनकारी शक्ति चुप लागेर नबस्ने बाबुराम भट्टराईको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiपोखरा, २३ माघ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेपाली काँग्रेस र एमाले बलजफ्ती पेलेर पुरानै संविधान ल्याउन खोजे परिवर्तनकारी जनता चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

भट्टराईले गएको कात्तिक १७ गते परिवर्तनका मुद्दा ओझेलमा पारेर पुरानै संविधानका अन्तरवस्तुको नौ बुँदे प्रस्ताव पेस गरेपछि एमाओवादीलगायत ३० सदस्यीय मोर्चालाई आन्दोलनमा जान बाध्य पारिएको आरोप लगाउनुभयो ।

नेता भट्टराईले एउटै जातिको ऐतिहासिक बाहुल्य र थातथलोका आधारमा जातीय पहिचान नमेटियोस् भनेर नै त्यस जातिको नाममा प्रदेश नामाकरण गर्न खोजिएको बताउनुभयो ।

एमाओवादी कास्कीले ‘सङ्घीय गणतान्त्रिक संविधान निर्माणमा यथास्थिति र प्रतिगामी चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उहांँले गण्डकी प्रदेशका धेरै जिल्लामा तमुहरुको बाहुल्य भएकाले नै तमुवान राज्य राख्न खोजिएको धारणा राख्नुभयो ।

संविधानका अन्तर्वस्तुमा ८० प्रतिशतमा सहमति भएको भनिए पनि मुख्य विषयमा सहमति हुन नसकेको विचार व्यक्त गर्दै उहाँले सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीजस्ता संविधानका मुख्य विषयवस्तुमा सहमति नभएपछि ८० प्रतिशतमा भएको सहमतिले कुनै अर्थ नराख्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नागरिक अगुवाहरूले मिलेर संविधान बनाउन, देशमा शान्ति सुव्यवस्था कायम गर्न, बन्द हडताल सधैँका लागि बन्द गर्न, राजनीतिक खिचातानीबाट जनतालाई ढाल नबनाउन आग्रह गर्नुभएको थियो ।