२० कार्तिक २०८३, शुक्रबार

३० किलो लागूदार्थ चरेससहित ३ जना पक्राउ

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ५ फागुन । प्रदेश ५ प्रहरी कार्यालयको अपराध अनसुन्धान ब्युरो र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले बुटवलमा लागूपर्दाथ चरेससहित ३ जनालाई पक्राउ गरेको छ।

बुटवल इँटाभट्टीबाट अन्दाजी ३० किलो लागूपर्दाथ चरेस बरामद गरिएको हो। विशेष सूचनाको आधारमा प्रहरीले उक्त चरेस बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिल्ली मल्लले जानकारी दिए ।

आलुको बोरामा राखेर लैजानेक्रममा मकवानपुरका राजु कुमार स्याङताङ, शंकर बाइवा र इन्द्रमान तामाङलाई चरेससहित पक्राउ गरिएको मल्लले बताए। बरामद चरेस र पक्राउ परेका वयाक्तिहरुको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।