काठमाडौं, २३ माघ । एकीकृत नेकपा माओवादी सहितका विपक्षी मोर्चालाई प्रधानमन्त्री सुशील कोइरालाले फकाएर सहमतिमा ल्याउने जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस एमालेको बैठकले एमाओवादी मोर्चालाई फकाएर सहमतिमा ल्याउन प्रधानमन्त्री कोइरालालाई जिम्मेवारी दिएको हो ।
प्रधानमन्त्री कोइरालाले जिम्मेवारी पाएपछि विपक्षी दलहरुलाई सहमतिमा ल्याउन पहिले फकाउँने भएका छन् । उनले त्यसका लागि रणनीति समेत बनाएका छन् ।
त्यो रणनीतिले एमाओवादी लगायत सबै विपक्षी दलहरु सहमतिमा आउने प्रधानमन्त्री कोइरालाको दाबी छ । संविधानसभामा यही माघ ५ गते एमाओवादी लगायत मधेसी मोर्चाले गरेको तोडफोड तथा माघ ११ गते संविधानसभाले प्रस्ताव निर्माण समितिका गठन गरेपछि प्रमुख दलबीच कुनै पनि वार्ता र छलफल हुन सकेको छैन ।
काँग्रेस, एमालेलगायत दल दुई तिहाइको बहुमतका आधारमा संविधान निर्माण प्रक्रिया निरन्तर अघि बढाइरहेका छन् भने एमाओवादी आन्दोलन घोषणा गर्दै संविधानसभा र त्यसअन्तर्गतका समिति बहिस्कार गर्ने निर्णयमा पुगेको छ ।
यस्तो अवस्थामा विपक्षी दलहरुलाई सहमतिमा ल्याएर आन्दोलन रोक्न प्रधानमन्त्री कोइरालाको टाउको ठुलो बोझ थपिएको छ । यद्यपी कोइरालाको रणनीतिले दलहरु सहमतिमा आउने छन् । तर प्रधानमन्त्रीले उक्त रणनीति सार्वजनिक गर्नुभएको छैन् ।
















प्रतिक्रिया