२० कार्तिक २०८३, शुक्रबार

किशोरीहरुको अधिकार संरक्षणमा स्थानीय तहको भुमिका महत्वपूर्ण : सरोकारवाला निकाय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ४ फागुन । किशोरीहरुको अधिकार संरक्षण, सम्बर्द्धन र उनीहरुको शसक्तिकरणमा अभिभावक र स्थानीय तहको भुमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् ।

शनिबार नवलपुरको देवचुलीमा आयोजित सरोकारवाला निकायहरु र अभिभावकहरुको भेलाबाट यस्तो निष्कर्ष निकालिएको हो ।

जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा देवचुली नगरपालिकामा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रमका साथी शिक्षक, अभिभावक र अन्य सरोकारवालाहरुको भेलामा उक्त कुरा निष्कर्ष निकालिएको हो ।

समाजलाई किशोरीमैंत्री र हिंसामुक्त राख्नको लागि समेत वर्तमानका किशोरीहरुको भुमिका महत्वपूर्ण हुने कुरा किशोरी अभियन्ता आशा वि.क.ले बताइन् ।

स्थानीय तह, अभिभावक र अन्य सरोकारवालाहरुले हामी किशोरीहरुलाई विश्वास गरेर केही गर्न सक्दछन् भन्ने विश्वासको खाँचो रहेको छ, हामी पनि किशोरहरु सरह नै केही गर्न सक्दछौ तर त्यसको लागि सवैले विश्वास र सही अवसरको खाँचो रहेको कुरामा जोड थियो ।

किशोरीहरुलाई शसक्तिकरण गर्नु सवैभन्दा पहिलो कदम रहेको र यो कार्यक्रमले केही गर्न सक्ने आँट र हौसला प्रदान गरेको अर्की किशोरी अभियन्ता मनिसा सुनारीले बताइन् ।

समाजले पनि महत्वपूर्ण भुमिका निर्वाह गरेको र किशोरीहरुमा आएको यो परिवर्तनले पक्कै नै सबै छोरीहरुप्रति गर्व गर्न लायक रहेको अभिभावक रेनुका बस्ताकोटीले बताइन् ।

कार्यक्रमको सञ्चालन किशोरी अभियन्ताहरु आस्था अनिर्जित बस्ताकोटी र सुस्मा पोख्रेलले गरेका थिए भने कार्यक्रमको सभाध्यक्ष सुधा सुनारले गरेकी थिइन् । कार्यक्रममा किशोरीहरु, अभिभावकहरु र अन्य सरोकारवालाहरु गरी ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा ३ जना किशोरीहरुलाई सम्मानसमेत गरिएको थियो ।