९ कार्तिक २०८३, सोमबार

प्रक्रिया नरोक्ने सत्तारुढ दल कांग्रेस एमालेको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar

काठमाडौं, २३ माघ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी ‘सहमतिको अगाडीको प्रयास’ बैठकबाट सत्तारुढ दल नेपाली कांग्रस र नेकपा एमाले संविधानसभामा अघि बढाइएको प्रक्रिया नरोक्ने निर्णयमा पुगेका छन् । विपक्षी एमाओवादी, ३० दलिय मोर्चाको मागलाई सत्तारुढ दलले अस्विकार गरेर यस्तो निर्णय गरेका छन् ।
शुक्रबार विहानैदेखि सत्तारुढ दलहरुको बैठकले प्रश्नावली निर्माणका लागि जारी प्रक्रिया नरोक्ने निर्णय गरेका हुन् । बैठकले संविधानमा अगाडी बढाएको प्रक्रियामा सहभागी भएर संविधान निर्माण कार्यमा सहयोग गर्न आग्रह समेत गरेको छ ।

राजनीतिक गतिरोध हटाउन हदैसम्म लचिलो हुने निर्णय कांग्रेस एमालेको छ । ‘संविधानसभाले अगाडी बढाएको प्रक्रिया रोकेर पछाडी नफर्कने निर्णय भयो,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भन्नुभयो, ‘विपक्षीहरु सहमतिमा आए केही समय रोक्न सकिन्छ ।’

प्रश्नावली समितिलाई दिइएको समयभित्र नै विपक्षी दलहरुसंग वार्ता चलिरहने उपाध्यक्ष रावलले बताउनुभयो ।

एमाओवादी नेतृत्वको ३० दलिय मोर्चाले प्रश्नावली समिति खारेज भएमात्रै वार्ता प्रक्रिया अघि बढ्ने बताउदै आएको छ ।