मुम्बई । भारतका दुई सुपरस्टार शाहरुख खान र अमिताभ बच्चन दर्शकलाई भेट्न आउदैछन् । यस हप्तालाई विशेष भनेर यी दुई विश्वका विभिन्न ठाउँका दर्शकालाई भेट्दैछन् ।
यी दुई स्टारले भेट्ने ठाउँ नेपाल पनि हो । केहीवर्ष पहिले चलचित्र सुटिङका लागि मुस्ताङ आएका अमिताभ बच्चन र बलिउड किङ्ग शाहरुख खान नेपाल आउन लागेका छन् । किन आउन लागेका होलान त ?
उनीहरु आउनुको खास कारण चलचित्र प्रर्दशन हो । शुक्रबार (आज)देखि प्रदर्शनमा आएको चलचित्र मार्फत नेपाल भारत सहित विश्वका प्रमुख सहरका सिनेमा हलमा शाहरुख र अमिताभ बच्चन देखिन लागेका छन् ।
अर्थात अमिताभ र शाहरुखद्धारा अभिनित चलचित्र शमिताभ’ शुक्रबारदेखि प्रदर्शनमा आएको हो । यी दुवै नायकले आफुलाई भेट्नका लागि दर्शकालाई सिनेमाघरमा बोलाएका हुन् ।
यो चलचित्रमा अमिताभसंगै कोलावेरी डी फेम धनुष पनि छन् ।














प्रतिक्रिया