काठमाडौं, २३ माघ । माघ ८ गते संविधान दिने प्रतिबद्धता गरेका राजनीतिक दलहरु अहिले दुई धुव्रमा बाँडिएका छन् । संविधान निर्माणमा सहमति र प्रक्रियाले अगाडी बढ्ने विवादले दलहरुलाई सत्तापक्ष र विपक्षीको धुव्रीकरण खडा गरेको हो ।
सत्तारुढ दल कांग्रेस एमाले प्रक्रियाबाट संविधान बनाउने पक्षमा छन् । भने एकीकृत नेकपा माओवादी सहमतिबाटै बनाउनुपर्ने अडानमा छ । दुवैपक्षबाट अडान यथावत हुदा देशमा आन्दोलनको अवस्था सिर्जना भएको छ ।
सत्तारुढ दलहरुले संविधान निर्माणका लागि प्रक्रिया अगाडी बढाइसकेका छन् । भने विपक्षी दलहरु प्रक्रियाको विरोधमा आन्दोलनका कार्यक्रम ल्याएका छन् । प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी लगायतका ३० दलिय मोर्चाले फागुनदेखि चरणबद्ध आन्दोलन गर्ने तयारी सुरु गरिसकेका छन् ।
३० दलिय मोर्चालाई मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले पनि साथ दिने भनिसकेको छ । वैद्य माओवादीको पनि फागुनदेखि नै चरणबद्ध आन्दोलन गर्ने तयारीमा जुटेको छ । देशलाई संविधान चाहिएको अवस्था राजनीतिक दलहरुका नेता निहीत स्वार्थका लागि आन्दोलन तिर लगेका छन् ।
– कस्तो छ विपक्षीको आन्दोलन ?
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चा र वैद्य माओवादीले फागुनदेखि चरणबद्ध आन्दोलन गर्दैछन् । जसअन्तर्गत एमाओवादी मोर्चाले फागुन ९ गते देशका ३५ प्रमुख सहरमा शक्ती प्रदर्शन गर्दैछ । त्यसअगाडी माघ २९ गते देशभरी कालो झण्डा देखाउने कार्यक्रम तय गरेको छ । फागुन ३ गतेबाट देशभरी आमहड्ताल, अनिश्चित कालिन बन्दको आव्हान गरिएको छ । फागुन १६ गते राजधानीमा केन्द्रीय सभा आयोजना गरेका छन् ।
– शक्ति प्रदर्शनमा शिर्ष नेताको सम्बोधन कहाँ कहाँ हुदैछ ?
आन्दोलनको अन्तिम तयारीमा रहेका विपक्षी दलका शिर्ष नेताहरुले देशका विभिन्न सहरमा गरिने शक्ति प्रर्दशनलाई सम्बोधन गर्दैछन् ।
३० दलिय मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा आयोजना गरिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । भने वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपालगन्ज, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा सम्बोधन गर्ने कार्यक्रम छ ।
यस्तै, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विराटनगर, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार राजविराज, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भैरहवामा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
खोटाङमा सङघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनकपुरमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो बारमा सोही दलका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, कास्कीमा एमाओवादीका सचिव वर्षमान पुन, चितवन एमाओवादीका स्थायी समिति सदस्य अग्नी सापकोटालाई केन्द्रीय वक्ताका रुपमा तोकेको छ ।
– आन्दोलनका लागि कहाँबाट आउदैछ बजेट ?
फागुन १६ गतेसम्म पहिलो चरणको आन्दोलनमा २९ लाख खर्च हुने एमाओवादी मोर्चाले बजेटको प्रबन्ध मिलाउन सुरु गरेको छ । फागुन १६ गते राजधानीमा केन्द्रीय सभा र त्यस अघि हुने आन्दोलनको लागि खर्च हुने भएपछि विपक्षी ३० दलहरुले कम्तिमा २९ लाख रुपैयाँ उठाउने निर्णय गरेको छ । चन्दा वा पार्टीको आन्तरिक स्रोतबाट बजेट जुटाउने तयारी गरेको एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
संविधानसभाभित्र रहेका विपक्षी दलहरुले प्रतिसभासद् २० हजारका दरले खर्च जुटाउदैछन् । आन्दोलनका लागि एमाओवादीले ८४ सभासदले २० हजारका दरले १६ लाख ८० हजार रुपैयाँ पार्टीलाई चन्दा दिदैछन् ।
– के गर्दैछन् तीन माओवादी पार्टी ?
पछिल्लो समय निरन्तर फुटिरहेको माओवादी पार्टी अब भने मिल्नुपर्छ भन्ने स्थितीमा पुगेका छन् । एकीकृत माओवादी, नेकपा–माओवादी एकताको वार्तामा छन् । आफ्नो संगठन निकै कमजोर महसुस गरेका नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य परिवर्तनकारी शक्ति अल्मतमा परेको भन्दै एकता गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
मुख्य मुद्दा रणनीतिक कार्यनीति र संविधानसभा छाड्ने विषयमा प्रचण्ड र बैद्य माओवादीबीच सहमति हुदै छ । यो मुद्दामा सहमति भए दुवै पार्टी एक हुने निश्चित छ । अहिले ‘वैद्य बा’ माओवादी संगठन सुदृढीकरणमा लागेको छ ।
वैद्यलाई छाडेर नयाँ पार्टी खोलेका नेत्रविक्रम चन्द विप्लव पनि एमाओवादीलाई संविधानसभा छाडेर परिवर्नतको एजेण्डामा आउन वेला वेला आग्रह गर्दै आइरहेको छ ।
यी सबै गतिविधीले माओवादीहरु एक्लो महसुस गर्दै एकता गर्न चाहन्छन् । विप्लव माओवादी सामाजिक न्यायका लागि जिल्ला गाउँतिर हिडेको छ । एमाओवादी र नेकपा माओवादी राजधानीमै आन्दोलनका कार्यक्रम बनाउनमै व्यस्त छन् ।
















प्रतिक्रिया