९ कार्तिक २०८३, सोमबार

कांग्रेस र एमालेबीच बालुवाटारमा छलफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatarकाठमाडौं, २३ माघ । संविधान निर्माणलाई लिएर विपक्षी र सत्तारुढ दलहरूबीच चिसोपना बढीरहेका बेला कांग्रेस–एमालेका नेताहरूको बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा संविधान निर्माणमा देखिएको गतिरोध र विपक्षी दलहरूको आन्दोलनका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

संविधानसभा बहिष्कारमा उत्रिएको एमाओवादी नेतृत्वको विपक्ष मोर्चासँगको बार्ता र सम्वादलाई अघि बढाउने विषयमा पनि परामर्श हुनेछ ।

यसअघि पनि कांग्रेस–एमालेले एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई वार्ता र सम्वादका लागि आह्वान गर्दै आएका छन् ।

यद्यपि विपक्षी मोर्चाले सहमतिमा संविधान जारी गर्नुपर्ने भन्दै संविधान निर्माणमा सुरू भएको प्रक्रिया रोक्नुपर्ने माग गर्दै आएको छ ।

विपक्षी मोर्चाको मागलाई कांग्रेस–एमालेले अस्वीकार गर्दै आएका छन् ।