९ कार्तिक २०८३, सोमबार

राष्ट्रपति डा.यादव र अध्यक्ष दाहालबीच भेटबार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-prachandaकाठमाडौं, २३ माघ । राष्ट्रपति डा.रामबरण यादव र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान भएको भेटवार्तामा नयाँ संविधान निर्माणका विषयमा परामर्श भएको हो ।

भेटका क्रममा राष्ट्रपति डा.यादवले लचकताका साथ सबै दलहरू मिलेर संविधान निर्माण गर्न आग्रह गर्नुभएको थियो ।

जवाफमा अध्यक्ष दाहालले आफूहरू सहमतिका आधारमा संविधान निर्माण गर्ने पक्षमा रहेको भन्दै दबाबका लागि आन्दोलन थालेको जानकारी गराउनु भएको थियो ।

दाहालको निजी सचिवालयका अनुसार डा.यादवले सहमतिमा संविधान निर्माण गर्न जोड दिनुभएको थियो ।

विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै आउनु भएका डा.यादवले आज एमाओवादीका अध्यक्ष दाहालसँग छलफल गर्नुभएको हो ।