काठमाडौं, ३ फागुन । घूससहित पक्राउ परेका जिल्ला अदालतका नासु भोलानाथ चालिसेले न्यायाधीश बानियाँको नाम पोलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायपरिषद्मा प्रमाणसहितको मिसिल पठाएको थियो ।
त्यसअघि अख्तियारको सूचनाका आधारमा न्यायपरिषद् अध्यक्ष एवं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश बानियाँलाई परिषद्मा झिकाएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
सवारी ज्यान मुद्दामा आरोपितलाई कम सजाय दिलाइदिने प्रलोभनमा चालिसेले सेवाग्राहीसँग ५ लाख रुपैयाँ घूस लिएका थिए । चालिसेले न्यायाधीश बानियाँसितको सल्लाह र सहमतिमा घूस लिएको बताएका थिए । अख्तियारले चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरी बानियाँका हकमा कारबाही गर्न न्याय परिषद्लाई सिफारिस गरेको थियो ।















प्रतिक्रिया