२ कार्तिक २०८३, सोमबार

युवा पत्रकारिता पुरस्कारबाट अधिकारी पुरस्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनकुटा, २३ माघ । प्रेस चौतारी नेपाल धनकुटाले स्थापना गरेको खोक, छिन्ताङ, आँखिसल्ला क्रियाशील युवा पत्रकारिता पुरस्कार २०७१ बाट पत्रकार रमेशचन्द्र अधिकारीलाई पुरस्कृत गरेको छ ।

प्रेस चौतारी नेपालको १७औँ स्थापना दिवसका अवसर पारी बिहीबार प्रेस चौतारी नेपाल धनकुटाले सङ्गठनका पूर्व केन्द्रीय सदस्य रमेशचन्द्र अधिकारीलाई रु पाँच हजारसहित सम्मानपत्रबाट पुरस्कृत गरेको हो ।

पत्रकार अधिकारी हाल कान्तिपुर दैनिकको डेक्समा कार्यरत हुनुहुन्छ । सोही अवसरमा सङ्गठनका पूर्व अध्यक्षहरु नागरिक दैनिकका सिद्धराज राई, राससका भेषराज कटेल र रेडियो मकालुका नैन विश्वकर्मालाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

प्रजातन्त्र स्थापनाका लागि धनकुटाको खोकु, छिन्ताङ र आँखिसल्लाबाट २०३६ सालको छिन्ताङ हत्याकाण्डमा सहादत प्राप्त सहिदको सम्झनामा प्रेस चौतारी धनकुटाले गत वर्ष सो पुरस्कारको स्थापना गरेको थियो ।

उक्त पुरस्कारबाट अघिल्लो वर्ष नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य सिद्धराज राईलाई पुरस्कृत गरिएको थियो ।

उक्त पुरस्कारलाई निरन्तरता दिँदै हरेक वर्ष जिल्लामा क्रियाशील एक पत्रकारलाई पुरस्कृत गर्दै लैजाने चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले बताउनुभयो ।