४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री भन्छन्–पुल उचालेर भए पनि पानी जहाज चलाउछौँ

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पुल उचालेर भएपनि पानी जहाज चलाउने बताएका छन् । बिहीबार ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब पानीजहाज युगमा प्रवेश गरेको पनि बताए ।

उनले पानीजहाज ल्याउन पुलले समस्या ल्याउला भन्ने शंका रहेको भन्दै संसारमा पुल उचाल्न मिल्ने प्रविधि आइसकेकोले पुलल बाधा नपुग्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपामला रेलभन्दा पहिले पानी जहाज आउने ठोकुवा गरे । ‘गंगासम्म पानीजहाज आउन सक्छ भने नेपालमा पनि आउँछ,’ ओलीले भने, ‘पानीजहाज भन्नेबित्तिकै धेरै ठूलो पनि होइन । सानो डुंगाजस्तो पनि होइन । ठिक्कको पानीजहाज आउँछ ।’

नदीको आकार, गहिराइअनुसार पानीजहाज ल्याइने उनले बताए । ‘कतिपयले नेपालको नदीमा पानीजहाज चलाउन गहिराइ पुग्दैन भनेका छन् । पानीजहाजको आकार हेरेर होइन खोलाको क्षमताअनुसार पानीजहाज बनाउन सकिन्छ, चलाउन सकिन्छ,’ उनले भने, ‘गहिराइ नचाहिने फिजिएको पानीजहाज बनाउन सकिन्छ ।’

नेपालमा पानीजहाज ल्याउन भारतले गण्डक क्षेत्रमा विस्तृत अध्ययन प्रतिवेदन डिपिआर थालिसकेको उनले बताए । रेल र पानीजहाजका इञ्जिनियर उत्पादन गर्न सरकारले विद्यार्थीलाई विदेश पढ्न पठाउने पनि प्रधानमन्त्रीले घोषणा गरे ।

‘पानी जहाज कार्यालय जागीर खुवाउनका लागि होइन, देशलाई एक कदम अघि बढाउन खुलेको हो,’ उनले भने, ‘पानी जहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस् । टिकट पाइन्छ ।’

भारत भ्रमणको क्रममा रक्सौल–काठमाडौं रेल र पानी जहाजको कुरा आफूले उठाएको स्मरण गर्दै उनले केही दिनभित्र काठमाडौंबाट कोशी नदीसम्म सामान लगेर त्यहाँबाट पानी जहाजमार्फत ओसार्न सकिने बताए ।